२ कार्तिक २०८३, सोमबार

मन्त्रिपरिषद बैठक साँझ ५ बजे बस्दै, लकडाउनको मोडालिटीबारे निर्णय हुने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । मन्त्रिपरिषदको बैठक शनिबार साँझ ५ बजे बस्ने तय भएको छ ।

बालुवाटारमा बस्ने बैठकमा लकडाउनको मोडालिटी परिवर्तन तथा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार लगायत विषयमा छलफल हुने बताइएको छ ।

शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको निर्णय पेस हुनेछ ।

समितिले विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सिफारिस गरेको छ । त्यस्तै, लकडाउनका बेला अर्थतन्त्रको गिरावट कम गर्न उद्योग, कारखाना चलाउने आवश्यक तर्जुमा गर्ने सरकारको तयारी बुझिएको छ ।

सरकारले जारी राखेको लकडाउन यही जेठ २० गते सकिँदैछ ।