बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

कोरोनाका कारण बन्द अन्तर्राष्ट्रिय उडान सुरु

दैनिक नेपाल २०७७ जेठ १७ गते १४:३२

काठमाडौँ, १७ जेठ । पाकिस्तानले अन्तर्राष्ट्रिय उडार सुरु गरेको छ ।

कोरोनाभाइरस (कोभिड १९) को कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरु पाकिस्तानले शुक्रबार रातिदेखि सुरू गरेको हो ।

पाकिस्तानले कोरोना नियन्त्रणका लागि नियमित गतिविधिमा रोक लगाएको थियो । तर शुक्रबारदेखि लकडाउन खुकुलो पार्दै अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध फुकुवा गरेको हो ।

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गरी अन्तर्राष्ट्रिय उडान सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि नै त्यहाँ आन्तरिक उडानहरु भइसकेका छन् ।

त्यहाँको सरकारले शुक्रबार राती ११ः५९ देखि उडान सुरु गरेको हो । अब विमान कम्पनीहरुले उडान भर्ने देशको नियमको पालना गर्नुपर्ने हुन्छ ।

विमानस्थलमा भीडभाड नगर्ने तथा हरेक विमानलाई स्यानिटाइज गर्ने स्वास्थ्य सुरक्षा अपनाएर उडान सुरु गरिएको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित