शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

गोकुल बास्कोटा भन्छन्– सचिवले भ्रष्टाचार आरोप लगाउँदा बिना मगरले किन राजीनामा नदिएको ?

दैनिक नेपाल २०७७ जेठ १७ गते १२:४६

काठमाडौं, १७ जेठ । पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तत्कालिन खानेपानी तथा सरसफाई सचिव गजेन्द्र ठाकुरले भ्रष्टाचार गरेको आरोप लगाउँदा मन्त्री बिना मगरले राजीनामा नदिनुको कारण खोजेका छन् ।

आरोप लाग्नासाथ त्यसलाई पुष्टि गर्न चुनौतिका लागि आफूले पदबाट राजीनामा दिएको बताएका प्रतिनिधि सभा सदस्य बास्कोटाले एउटा अन्तरवार्ताका क्रममा प्रश्न गरेका छन्,‘खानेपानी सचिवले प्रश्न उठाउँदा मन्त्रीले राजीनामा दिनु नपर्ने ?’

सदाचारी र भ्रष्टाचारीका विषयमा छिनोफानो हुनेगरीको राजनीतिक व्यवाहार हुनुपर्ने बताएका उनले ७० करोड भ्रष्टाचारको अभियोग लगाउनेले पुष्टि गर्नुपर्ने र नभए क्षतिपूर्ति कति तिर्ने भनेर पनि प्रश्न गरेका छन् ।

आफूलाई जबरजस्ती भ्रष्टाचारको दाग लगाउन खोजीएको दाबी गर्दै उनले भनेका छन्,‘राजनीतिक पाखण्डीपनका लागि मलाई लागेको अभियोगलाई पूरा गर्न चुनौति दिन्छौं ।’

प्रतिक्रिया
सम्बन्धित