शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

राजपाको ‘हर्कत’ले उपेन्द्र–बाबुराम झस्किए, भाँडिने अवस्थामा पुग्यो एकता

दैनिक नेपाल २०७७ जेठ १७ गते ७:४०

काठमाडौं, १७ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीबीचको पार्टी एकतामा खटपट चर्किएको छ ।

राजपाका नेताहरूले शुक्रबार संविधान संशोधनको विधेयक संसदमा दर्ता गराउन खोजेपछि ती दुईभित्रको आन्तरिक विवाद बाहिर सतहमा देखिएको हो । विधेयक दर्ता गराउन राजपाका नेताहरू मात्रै पुगेका थिए ।

समाजवादी पार्टीका नेताहरू राजपाका नेताहरूको पछाडि लागेर संसद सचिवालय गएनन् ।

राजपा र समाजवादी पार्टीबीच समायोजन हुने क्रममा छन् । तर, राजपाका नेताहरू उट्पट्याङ माग र गलत राजनीतिक हर्कत गर्दै हिँड्न थालेपछि दुई पार्टीबीचको विवाद सतहमा आएको हो ।

पार्टी एकीकरण प्रकियामा भएपनि डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टीलाई छाडेर राजपाले संविधान संशोधन सबन्धी बिल एकल रूपमा दर्ता गराउने प्रयास गरेको थियो । राजपाको त्यो प्रयास असफल भएको छ ।

शुक्रबारको यस घटनाले राजपा र समाजवादी पार्टीबीच एकीकरण हुनेमा ठूलो प्रश्न उठेको छ ।

हुन त यसअघि एकीकृत पार्टीको नेतृत्व महन्थ ठाकुर र डा.बाबुराम भट्टराईलाई दिने प्रस्ताव आउनेवित्तिकै उपेन्द्र यादव झस्किएका थिए ।

यसरी झस्किनेमा राजेन्द्र महतो पनि थिए । पार्टी एकीकरणको लागि र पार्टीभित्र संगठन गरेर यो अवस्थामा आइपुगेका उपेन्द्र यादव र राजेन्द्र महतोलाई नै पत्तासाप गर्ने गरेर नेतृत्वमा प्रस्ताव आएपछि खैलाबैला भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित