शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

यस्तो छ सीमाबारे मौन जनता समाजवादीको संविधान संशोधन गोप्य प्रस्ताव

दैनिक नेपाल २०७७ जेठ १६ गते २०:३३

काठमाडौं, १६ जेठ । नेपालले जारी गरेको नयाँ नक्शा र सीमाबारे आधिकारीक धारणा दिन नसकेको जनता समाजवादीले संसद सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गराउने कोशीश गरेको थियो ।

तर प्रक्रिया नपुगेको भन्दै सचिवालयले दर्ता गर्न नमानेको त्यो प्रस्ताव दैनिक नेपाललाई प्राप्त भएको छ । अहिले नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्शा जारी गर्दा उसले स्वागत त गरेको छैन, त्यसमा नेपाल सरकारको अडानमाथि आधिकारीक धारणा पनि सार्वजनिक गरेको छैन ।

तर प्याकेजको सहमतिको माग गरिरहेको जनता समाजवादीले दर्ता गराउन खोजेको प्रस्तावमा नेपालको सीमा, नक्शा र प्राप्त गर्नुपर्ने भूमिका विषयमा केही पनि उल्लेख छैन ।

संसदको गरिमा, राष्ट्रियताको पहिचान दिनुको साटो भाषा र संस्कृतिको उपयोगमा पनि त्रुटी गरिरहेको पार्टीले दर्ता गराउन खोजेको प्रस्ताव यस्तो छ ।

उक्त प्रस्ताव दर्ता गराउनका लागि नेता महन्थ ठाकुरलगायत संसद सचिवालय पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित