२ कार्तिक २०८३, सोमबार

उच्चस्तरीय संयन्त्रको बैठक, विदेशबाट फर्किने नागरिकका बारेमा निर्णय हुन सक्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक शुक्रबार दिउँसो प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

लक डाउनको प्रभावकारीताका बारेमा छलफल गर्दै आगामी समय कस्तो रणनीति बनाउने सन्दर्भमा बैठक केन्द्रित हुने बताइएको छ ।

बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई मुलुक ल्याउने विषयमा पनि ठोस निर्णय गर्दै सरकारलाई सुझाव दिन सक्ने छ । सरकारले विदेशमा रहेका नागरिकलाई ल्याउने पहलकदमी गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका थिए ।

समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बैठक सञ्चालन हुनेछ ।