शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोनाका कारण रोकिएको इंग्लिस प्रिमियर लिगका खेलहरू जुनदेखि हुने

दैनिक नेपाल २०७७ जेठ १६ गते ११:५४

लण्डन, १६ जेठ । कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग अन्तर्गत यो सिजनका बाँकी खेलहरू आउँदो जुन १७ देखि सुरु हुने भएको छ ।

जुन १७ मा एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबिच खेल हुने भएको हो।

१९ देखि २१ जुनमा पूर्ण तहमा सबै खेल हुने छ । महामारीका कारण गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिगमा ९२ खेल हुन बाँकी छ।

सबै खेलहरु बन्द रंगशालमा हुने छन् । तर खेलहरु स्काइ स्पोर्टस, बिटी स्पोर्ट वा अमेजन प्राइममा प्रत्यक्ष प्रशारण हुनेछन् । खेलका लागि सुरक्षात्मक निर्देशन सरकारबाट जारी हुन बाँकी नै छ।

प्रतिक्रिया
सम्बन्धित