बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सडक भत्काउन आएका भारतीय सुरक्षाकर्मीलाई नेपालीहरूले लखेटे

दैनिक नेपाल २०७७ जेठ १६ गते ११:४६

वीरगञ्ज, १६ जेठ । पर्साको ठोरी गाउँपालिकामा रहेको ठुटे खोला सञ्चालन गर्नको लागि कुलो पुरी बनाइएको सडक भत्काउन आएका भारतीय सुरक्षाकर्मीसहितको टोलीलाई स्थानीयले फर्काएका छन् ।

ठोरी गाउँपालिकाको वडा नम्बर २ र ३ को बीचमा पर्ने ठुटेखोला पुलको पूर्वपट्टी रहेको कुलो पुरी पुल सञ्चालनमा आएपछि सडक भत्काउन बिहीबार साँझ आएका भारतीय सुरक्षाकर्मीसहितको टोलीलाई स्थानीयले विरोध गर्दै फर्काएका हुन् ।

ठुटे खोलामा बनाइएको पुल सञ्चालनको लागि कुलो पुरि बनाइएको सडकमा मान्छे लगाएर भत्काउन सुरु गरेपछि स्थानीयबासीहरू विरोधमा उत्रिएका थिए ।

पुल सञ्चालनको लागि नेपालकै भूमिमा रहेको कुलो पुरेर बनाईएको सडक किन भत्काएको भन्दै भारतीय सुरक्षाकर्मीसहितको टोलीसँग स्थानीयबासीहरुको केही बेर भनाभन समेत भएको थियो ।

भारतीय सु्रक्षाकर्मीसहितको टोलीसँग वडा नम्बर २ का वडाध्यक्ष किशोर तामाङसहित स्थानीयबासीहरुले विरोध गरेपछि भारतीय सुरक्षाकर्मी, अधिकारी र मजदुरहरुसहितको टोली भारत फर्किएको ठोरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष किशोर तमाङले जानकारी दिए ।

२५/३० जनाको संख्यामा आएका भारतीय सुरक्षाकर्मीसहितको टोलीले मजदुरहरु लगाएर सडक भत्काउन थालेपछि आफूहरुले प्रतिवाद गर्दै यस्तो गर्न पाइँदैन भनेपछि भनाभन पश्चात उनीहरु भारत फर्केको तामाङले बताए ।

प्रतिक्रिया
सम्बन्धित