बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

रुकुम पश्चिमको घटनाका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

दैनिक नेपाल २०७७ जेठ १६ गते ११:३८

काठमाडौं, १६ जेठ । रुकुम पश्चिमको चौरजहारी सोतीमा घटेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

उक्त घटनाको निन्दा गर्दै उच्च स्तरीय निष्पक्ष छानबिन र दोषीहरुलाई कारबाहीको माग गरेर मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको बौद्धमा विरोध प्रदर्शन गरेको हो ।

पाँच जना नागरिकको मृत्यु भएको, एक जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै दोषीहरूलाई कानुन सम्मत कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन उपयुक्त कदम चाल्नका लागि दबाब दिन प्रदर्शन गरिएको शान्ति समाजले जनाएको छ ।

विरोध प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले रुकुम पश्चिमको घटनामा संलग्न दोषीहरुलाई कानुन सम्मत कारबाही नभए दण्डहीनता विरुद्ध देशव्यापी आन्दोलन थाल्ने चेतावनी दिए ।

समाजका सल्लाहकार होमकान्त चौलागाई र काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनीले दण्डहीनताका कारण मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भइरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित