
काठमाडौं, १६ जेठ । लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका सीमा क्षेत्रका विषयमा रचनात्मक समाधान खोज्न भारतले नेपाललाई प्रस्ताव गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विहीबार पत्रकार सम्मेलन गर्दै सीमाका विषयमा भारतले नजिकबाट चासो दिएर हेरेको बताएका छन् । नेपालले नयाँ नक्शा जारी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई अटाएको छ, जुन नेपाली भूमी हुन् । भारतले एकतर्फी रुपमा गत कात्तिकमा नक्शा जारी गरेको थियो भने सो क्षेत्रमा सडक निर्माण गरी उद्घाटन समेत गरेको थियो ।
नेपालले पटक–पटक पठाएको पत्रलाई वेवास्ता गरेको भारतले नेपालीको पत्र र दाबी अटेर गर्दै आएपछि सरकारले नयाँ नक्शा जारी गरेको थियो । अहिले भने एक कदम पछि हट्दै भारतले प्रस्ताव गरेको छ– यसलाई संवादमार्फत समाधान गर्न सकिन्छ ।
‘भारत आफ्ना सबै छिमेकीहरूसँग पारस्परिक संवेदनशीलता र पारस्परिक सम्मानका आधारमा भरोसा र विश्वासको वातावरण कायम गर्न चाहन्छ । यो एक निरन्तर प्रक्रिया हो र यसका लागि रचनात्मक र सकारात्मक प्रयासको आवश्यक पर्छ’ श्रीवास्तवले पत्रकार सम्मेलनका क्रममा बोलेका थिए ।











प्रतिक्रिया