शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मौसमी फ्लु र कोभिड–१९ मा फरक

दैनिक नेपाल २०७७ जेठ १६ गते ७:०६

काठमाडाैं, १६ जेठ । -सामान्यतया, कोभिड–१९ मौसमी फ्लुजस्तै देखिन्छ । ज्वरो आउने, शरीर दुख्नेजस्ता लक्षण उस्ताउस्तै छन् । रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिका लागि दुवै जोखिमपूर्ण मानिन्छन् ।

-फ्लु र कोभिड सर्ने तरिका पनि एउटै छ । मौसमी फ्लु भने होइन, कोभिड–१९ । कोरोना भाइरसले दिनानुदिन नयाँ जटिलता थप्दै गएको छ ।

-अमेरिकन मेडिकल एसोसिएसनको १४ मेमा प्रकाशित रिपोर्टमा कोभिड–१९ का कारण हुने मृत्युको प्रकृति फ्लु वा अन्य भाइरसभन्दा फरक रहेको उल्लेख छ । रिपोर्टअनुसार कोरोनाले अन्य भाइरसको तुलनामा छिटो प्रभाव पार्ने भएकाले मृत्युदर बढी देखिएको छ ।

-अध्ययनअनुसार एक सातामा अन्य भाइरसको संक्रमणबाट सात सय ५० जनाको मृत्यु हुँदा कोभिड–१९ बाट १५ हजारको मृत्यु भएको थियो । यस्तै, एन्फ्लुएन्जाबाट १० जनाको मृत्यु हुँदा कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु हुने गरेको पाइएको छ ।

-संक्रामक रोग विशेषज्ञहरूले सार्स कोभिडलाई चुनौतीपूर्ण भाइरसका रूपमा व्याख्या गरिरहेका छन्, जसको नयाँ रूप हो कोभिड–१९ । कोभिड–१९ बिलकुलै नयाँ प्रकृतिको भाइरस हो, जसका बारेमा धेरै विषय अझै अज्ञात छन् ।

-कोभिड–१९ कसरी फैलिन्छ, शरीरमा कसरी आक्रमण गर्छ र मानव शरीरको प्रतिरोधी क्षमताले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

-फ्लु र अन्य भाइरसका खोपहरू उपलब्ध छन्, जसकारण संक्रमण नियन्त्रणमा छन् । फ्लुविरुद्धको खोप लगाएका व्यक्तिमा अन्य भाइरसको जटिलता कम गर्न पनि मद्दत पुग्छ ।

-तर, कोभिड–१९को खोप र औषधि पत्ता नलागिसकेकाले जटिलता बढ्दो छ । दिनानुदिन नयाँ लक्षण देखिइरहेका छन् । सोही कारण यसको औषधि र खोप बनाउन समय लाग्ने वैज्ञानिकहरूले बताउँदै आएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित