शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राजस्वको लक्ष्य यथार्थपरक, तर अनुदान र ऋण भने अस्वाभाविक

दैनिक नेपाल २०७७ जेठ १६ गते ६:२०

काठमाडाैं, १६ जेठ । आगामी आवका लागि सरकारले राजस्वको अनुमान यथार्थपरक गरे पनि वैदेशिक ऋण र अनुदानतर्फ पनि अस्वाभाविक रूपमा ठूलो अंक राखेको छ । आगामी आवमा आठ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजस्वबाट उठाउने लक्ष्य लिएको छ, जुन चालू आवको यथार्थ संकलनको करिब ८ प्रतिशत मात्रै बढी हो, जुन यथार्थपरक छ ।

चालू आवमा आठ खर्ब २७ अर्ब मात्रै राजस्व संकलन हुने अनुमान सरकारले गरेको छ । तर, वैदेशिक ऋण र अनुदानको अंक भने अस्वाभाविक ठूलो राखेर बजेट बनाइएको छ । वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ संकलन गर्ने अनुमान बजेटमा गरिएको छ, जुन चालू आवमा सरकारले संकलन गर्ने प्रक्षेपण गरेको ३२ अर्ब रुपैयाँको तुलनामा झन्डै दोब्बर हो ।

त्यस्तै, दुई खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण संकलन गर्ने सरकारको लक्ष्य छ । तर, चालू आवमा जम्मा एक खर्ब २१ अर्ब वैदेशिक ऋण उठ्ने सरकारको अनुमान छ । यस हिसाबले आगामी वर्ष अढाई गुणा बढी वैदेशिक ऋण उठाउनुपर्ने हुन्छ । आन्तरिक ऋण दुई खर्ब २५ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएको छ, जुन यथार्थपरक नै छ ।

नागरिकको जीवन रक्षा गर्ने तथा जनजीवनलाई सहज र सुरक्षित बनाउने, शीघ्र आर्थिक पुनरुत्थान गर्दै विकासलाई निरन्तरता दिने, राज्यको कल्याणकारी भूमिका बढाउने र सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासमार्फत उत्थानशील, समन्नुत, स्वाधीन, समृद्ध एवं सामाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्दै जाने उद्देश्यअनुरूप बजेट निर्माण गरेको खतिवडाले बताए । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित