शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

इंग्लिस प्रिमियर लिग खेलीरहेका क्लबका चार खेलाडीमा कोरोनाको संक्रमण

दैनिक नेपाल २०७७ जेठ १५ गते १०:५८

लण्डन, १५ जेठ । इंग्लिस प्रिमियर लिगका तीन क्लबका चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै लिगका सबै क्लबहरु कन्ट्याक ट्रेसिङ्गका लागि सहमत भएका छन् ।

तेस्रो चरणको परीक्षण अन्तर्गत सबै क्लबका खेलाडी र पदाधिकारी गरी एक हजार ८ जनाको परीक्षण भएको हो । त्यसमध्ये चारजनामा पोजेटिभ देखिएको हो । प्रोजेक्ट रिस्टार्टको दोस्रो चरणमा खेलाडीहरु समूहमा प्रशिक्षण गर्ने छन् ।

अनावश्यक नजिकको सम्बन्ध बेवास्ता गरेर ट्याकलिङ्गमा पनि सहभागी हुन पाउने छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका खेलहरु सुरु गर्नका लागि तयारी भइरहेकाले उपयुक्त समय आएपछि लिग सुरु हुने जनाइएको छ ।

अहिलेसम्म लिगका २७ सइ ५२ जनाको परीक्षण भएकोमा १२ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित