शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भारतीय पत्रिकालाई परराष्ट्रमन्त्री ज्ञवालीले भने– कालापानीबाट भारत सरकारले सेना हटाओस्

दैनिक नेपाल २०७७ जेठ १५ गते १०:४३

काठमाडौं, १५ जेठ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालले संविधान संशोधन मार्फत लिम्पियाधुरासम्मको आफ्नो भूमी अटाएको नक्शा पारित गर्ने बताएका छन् ।

भारतीय टेलिभिजन च्यानलहरूले नेपाल पछाडी हट्यो भनी भ्रमपूर्ण समाचार दिइरहेका बेला भारतीय पत्रिका द हिन्दूसँगको अन्तरवार्ताका क्रममा ज्ञवालीले त्यहाँको सरकारले कालापानी क्षेत्रबाट सेना हटाउनुपर्ने पनि बताएका छन् ।

भारतसँगको हार्दिकतापूर्ण सम्बन्ध नेपालको प्राथमिकतामा रहेको भन्दै उनले वार्ताबाटै समस्या समाधान हुनुपर्ने बताएका छन् । ‘भारतले नेपाली भूभागमा एकतर्फी रुपमा सडक बनाउनु हुँदैनथ्यो र वार्ताबाटै समस्या समाधान गर्नुपर्ने थियो भन्ने कुरामा पुनः जोड दिन चाहान्छौं’, उनले अन्तरवार्ताका क्रममा भनेका छन् ।

भारतले एकतर्फीरुपमा नेपालको कालापानीलगायतका क्षेत्र समेट्दै नक्सा सार्वजनिक गरेर नेपाललाई दुःखी बनाएको उललेख गरेका उनले जोडेका छन्,‘भारतले एकतर्फी नक्सा सार्वजनिक गर्नु सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालको काठमाडौं भ्रमणका बेला भएको सहमतिको ठाडो उल्लंघन हा ।’

सो भ्रमणमा कालापानी र सुस्ता लगायतका क्षेत्रलाई विवादित भूमि मान्दै दुवै देशको संयुक्त वार्ता टोलीमार्फत् समस्या समाधान गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित