शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रुकुम घटनाको विराेधमा बुटवलमा शान्ति समाजको प्रदर्शन

दैनिक नेपाल २०७७ जेठ १५ गते १०:४५

काठमाडाैं, १५ जेठ । देशका विभिन्न भागमा घटेका जातीय विभेद, हिंसाका घटनाको मानवअधिकार तथा शान्ति समाजले निन्दा गर्दै आएको छ ।

जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनाले शान्ति समाज मर्माहत भएको जनाएकाे छ ।

चार जना होनहार नागरिकको मृत्यु भएको र दुई जनाको स्थिति अझै अज्ञात रहेको भन्दै समाजले कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गरेकाे छ ।

घटनाको निष्पक्ष छानविन गरी दोषीहरूलाई कानून सम्मत कारबाही गर्न शान्ति समाजले निरन्तर जोड दिँदै आएको जनाएकाे छ ।

दण्डहीनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरू वृद्धि भइरहेको छ । रुकुम पश्चिममा घटेको दुर्दान्त घटनाका दोषीहरूमथि कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने धारणा शान्ति समाजको रहेको छ ।

रुकुम पश्चिम घटनाका सन्दर्भमा संसदीय छानविन समिति गठन गर्न, दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न र पीडितहरूलाई न्याय प्रदान गर्न शान्ति समाजले आग्रह गरेकाे छ ।

समाजकाे रुपन्देही शाखा, उच्च अदालत वुटवल बार एशोसिएसन लगायतका संस्थाहरूको आयोजनामा बिहीबार बिहान बुटवल राजमार्ग चौराहामा विरोध प्रदर्शन सम्पन्न भएको छ ।

प्रदर्शन पश्चात शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले सम्बोधन गरेका छन् ।

अर्को प्रदर्शन जेठ १५ गते दिउँसो शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा र शान्ति समाज काठमाडाैं शाखाको आयोजनामा जेठ १६ गते बिहान ८ बजे बौद्धमा हुन लागेकाे समाजकाे विज्ञप्तिमा उल्लेख छ ।

समाजका सदस्यहरू, दलित अगुवा र सामाजिक अभियन्ताहरूको सहभागितामा बुधबार अपरान्ह बुटवलमा विरोध प्रदर्शन सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित