
काठमाडौँ, १४ जेठ । बाँके जिल्लामा कोरोना संक्रमित बढेसँगै प्रशासनले दोस्रोपटक पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ ।
बाँके जिल्ला प्रशासनले लकडाउनकै बीच अनिश्चितकालका लागि दोस्रोपटक पूर्ण निषेधित क्षेत्र घोषणा गरेको हो ।
नयाँ सिडिओ रुपमा जिल्लामा पुगेका रामबहादुर कुरुवाङ्गको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको पहिलो बैठकले कोरोनाभाइरसको संक्रमण रोक्न उक्त निर्णय गरेको हो ।
स्थिति नियन्त्रण गर्न नसकेर नयाँ सिडिओ लगिएको बताइएको छ । जिल्लामा अत्यावश्यक सेवा तोकर अन्य सबै कुरा बन्द गरिनेछ ।
प्रशासनले वुधबार राती १२ बजेदेखि अर्कोे आदेश नआएसम्मका लागि जिल्लामा निषेधित क्षेत्र घोषणा गरिएको हो ।
१७० जना कोरोना संक्रमितको संख्या पुगेको बाँकेमा यसअघि वैशाख २२ देखि २५ सम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।















प्रतिक्रिया