शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोना: बुधबार अहिलेसम्मकै नयाँ रेकर्ड, कुन-जिल्लामा थपिए?

दैनिक नेपाल २०७७ जेठ १४ गते १७:०९

काठमाडौँ, १४ जेठ। नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित बुधबार भेटिएका छन् ।

बुधबार थप ११४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ । धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा पोजेटिभ देखिएको छ ।

यसैगरी कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । रौतहटका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा, दाङमा भएको परीक्षणमा दाङका १५ र रुकुम पूर्वका ३ मा संक्रमण देखिएको छ ।

यस्तै, भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको छ । काठमाडौंको ल्याबमा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ । संक्रमण देखिएका मध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित