शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दलहरूभित्र भारतीय चलखेल चर्चाबीच गगन थापाले देउवासँग राखे यस्तो माग

दैनिक नेपाल २०७७ जेठ १४ गते १६:२४

काठमाडौं, १४ जेठ । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक तत्काल डाक्न सभापति शेरबहादुर देउवासँग माग गरेका छन् ।

नक्बा सम्वन्धी विषयमा अनेक चलखेलहरु भइरहेको र नक्सालाई संविधानमा समावेश गर्ने प्रक्रिया बीचैमा तुहिन सक्ने आशंका बढीरहेका बेला ा थापाले बैठकका लागि ढिला नगर्न माग गरेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवालाई नेता थापाले बैठक बोलाउन ढिला गर्न नहुने तर्फ ध्यानाकर्षण गराएका छन् । परिवर्तित नक्शालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निश्कर्षलाई औपचारिकता दिनका लागि मात्रै बैठक बोलाउन लागिएकाले ढिला नगरी विहीबारै बोलाउन माग गरे ।

सामाजिक सञ्जालहरुमा उनले लेखेका छन्,‘परिवर्तित नक्शालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो ।’

काँग्रेस नेता थापाले पार्टीले यस विषयलाई तत्काल औपचारिक निर्णय गरेर ’फास्ट ट्रयाक’बाट संविधान संशोधन प्रस्तावलाई पारित गर्नेगरी नेतृत्वदायी भूमिका खेल्न पनि आग्रह गरेका छन् ।

भारतले सीमाना मिचेको विरुद्धमा नेता थापा सर्वाधिक सक्रियताका साथ लागेका छन् भने हडपिएको जमिनमा नेपालको नियन्त्रण कायम गराउन संसदबाट संकल्प गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आज संशोधन प्रस्ताव पेश गर्ने भनिए पनि अन्तिममा आएर कार्यसूचीबाट हटाइएपछि आशंका बढ्दै गइरहेका बेला उनले काँग्रेसलाई तत्काल औपचारिक निर्णय गर्न जोड दिएका हुन् ।

भारतीय पक्षबाट विभिन्न पार्टीका नेताहरुलाई नक्शा पारित नगर्न दवाव आएको चर्चा व्यापक भइरहेका बेला त्यसबाट प्रभावित नहुन नेता थापाले नेताहरुलाई झकझक्याउदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित