बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सर्वदलीय बैठकको निर्णय सदनमा सुनाउन कांग्रेस नेता रिजालको माग

दैनिक नेपाल २०७७ जेठ १४ गते १६:०१

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा गरेको सर्वदलीय बैठकको निर्णय संसदमा सुनाउन नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले माग गरेका छन् ।

बुधबार शुन्य समयमा बोल्दै प्रधानमन्त्री वा संसदीय मन्त्रीले सदनसँग सरोकार राख्ने निर्णय सुनाउने परम्परा कायम राखे राम्रो हुने बताएका हुन् ।

सर्वदलीय बैठकले सहमतिका आधारमा संविधान संशोधन गर्ने भन्ने जानकारी पाएको बताउँदै उनले त्यसको औपचारिक सूचना सदनमा सुनाउँदा राम्रो परम्परा हुने बताए ।

नेपालको नयाँ नक्शा र निशान छापलगायतका विषयलाई अनुमोदन गराउनका निम्ति संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रधानमन्त्री ओलीले बैठक राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित