शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

झापामा कोराना संक्रमतिको संख्या ५४, बुधबार मात्रै १७ जना थपिए

दैनिक नेपाल २०७७ जेठ १४ गते १५:१३

झापा, १४ जेठ । झापाको कचनकबल गाउँपालिका र गौरादह नगरपालिकाका १७ जनामा बुधबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

विराटनगरस्थित कोशी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा कचनकबलका १५ र गौरादहका २ जनामा पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

भारतको पश्चिम बंगालसँग सीमा जोडिएको झापामा बुधबार देखिएका संक्रमितसँगै हालसम्म ५४ जना पुगेका छन् । जसमा २ जना डिस्चार्ज भइसकेका छन् । प्रदेश–१ मा झापा सबैभन्दा बढी संक्रमित भएको जिल्ला हो । पुरै प्रदेशमा १ सय ४ जना संक्रमित हालसम्म पुष्टि भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित