शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रतिनिधि सभा सदस्य सिलवालको प्रस्ताव– रुकुम घटना प्रहरीलाई मात्र अनुसन्धान गर्न दिऊँ

दैनिक नेपाल २०७७ जेठ १४ गते १५:०२

काठमाडौं, १४ जेठ । प्रतिनिधि सभा सदस्य नवराज सिलवालले जातीय विभेद र मृत्यु प्रकरणको अनुसन्धान स्वतन्त्र रुपमा प्रहरीलाई छानबिन गर्न दिनुपर्ने प्रस्ताव गरेका छन् ।

उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयका सह सचिवको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको गृह मन्त्री रामबहादुर थापा बादलले सदनलाई जानकारी गरएका थिए भने सांसदहरूले संसदीय समिति गठनको माग उठाएका थिए ।

यसबीचमा प्रहरीको कार्य क्षमता र दक्षताबारे पनि राम्रो जानकारी राखेका ललितपुर क्षेत्र नम्बर १ का सांसद सिलवालले सामाजिक सञ्जालमा नै आफ्नो धारणा उल्लेख गरेका हुन् ।

उनले भनेका छन्,‘मानिसको चेतना र विवेक मारिएको रुकुमको घटनाले दलितहरू मात्र हैन हामी सवैलाई असिम पिडा दिएको छ ।यो आपराधिक घटना हो । कसैले राजनीति नगरौं । अनेकथरी समिति होईन प्रहरीको व्यावसायिक टिमलाई अनुसन्धान गर्ने जिम्मा दिऊँ ।’

प्रतिक्रिया
सम्बन्धित