शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सुनौली नाकाबाट आएका बाग्लुङका ६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिक नेपाल २०७७ जेठ १४ गते ११:४६

काठमाडौं, १४ जेठ । बाग्लुङको तमानखोला र बडिगार्ड गाउँपालिकाका गरी ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

तमानखोलाका ४ र बडिगार्डका २ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश प्रयोगलशालाले जनाएको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले आफ्नो गाउँपालिकाका ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको आफूले जानकारी पाएको बताए ।

अध्यक्ष बुढामगरका अनुसार, सुनौली नाकाबाट उद्धार गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो । गाउँपालिकाको क्वारेन्टाइनमा उनीहरूलाई राखिनेछ ।

प्रतिक्रिया
सम्बन्धित