शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

हेटाैँडामा गर्भवती महिलामा काेराेना पुष्टि

दैनिक नेपाल २०७७ जेठ १४ गते ११:२४

हेटाैँडा, १४ जेठ । मकवानपुर जिल्लाकाे हेटौँडा उपमहानगरपालिका १ चौकी टोल घर भएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हेटौँडा प्रयाेगशालामा जाँच गराउँदा उहाँमा कोरोना भाइरस पुष्टि भएको हेटौँडाको कर्रामा रहेकाे आइसोलेशन इन्चार्ज भोला चौलागाइँले जानकारी दिए ।

गएकाे जेठ ९ गते कोरोना सङ्क्रमणको लक्षण देखा परेपछि कोरोना जाँचकाे लागि ल्याबमा दिइएकाे थियो । उनी त्यसबेलादेखि आइसोलेशनमा भन्दा पनि घरमै रहेको चौलागाइँले बताए ।

हेटौँडामा नै घर र यही बसोवास गर्ने महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा अस्पतालका प्रमुख डा.प्रवीण श्रेष्ठले बताए । कोरोना सङ्क्रमित महिला गर्भवती रहेको स्राेतले जनाएको छ ।

हेटौँडा प्रयोगशालामा जाँच गराउँदा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले जानकारी दिइन् ।

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या सात सय ८३ पुगेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित