शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

धनुषाको जटही नाकामा तनाव

दैनिक नेपाल २०७७ जेठ १४ गते १०:५७

जनकपुरधाम, १४ जेठ । धनुषा जिल्लाको जटही नाकामा तनाव भएको छ ।

भारतबाट आएका नेपालीले सीमामा रोकिएको आक्रोसमा प्रहरीमाथि ढुंगामुढा गरेपछि तनाव भएको हो ।

सीमामा भोकभोकै बस्नुपरेको भन्दै भारतबाट आएका नेपालीले प्रहरीका साथै एम्बुलेन्समा पनि तोड्फोड गरेका छन् ।

भारतबाट आएका एक गम्भीर बिरामी लिन पुगेको ज.१त १२१३ नम्बरको एम्बुलेन्समा उनीहरूले तोड्फोड गरेका हुन् ।

भारततर्फ रहेका ती बिरामीकाे अवस्थाबारे विभिन्न हल्ला चले पनि खुल्न नसकेकाे धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला जानकारी दिए ।

भारतबाट आएकाको भीडले नेपालतर्फ ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित