७ मंसिर २०८३, सोमबार

क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कृष्णपुर- ७ का वडाध्यक्ष रानाको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १४ जेठ । कञ्चनपुरमा क्वरेन्टाइन व्यवस्थापनमा खटिएका एक जना वडाध्यक्षको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको हो ।

वडा नम्बर ७ मा रहेको राष्ट्रिय माविमा क्वरेन्टाइन व्यवस्थापनमा जुटेका बेला एक्कासि बेहोस भएपछि रानाकाे घटनास्थलमै मृत्यु भएको कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमालले जानकारी दिए ।

उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । रानाको शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । मृतकको कोरोना परीक्षण समेत गरिने नगर प्रमुख हमालले बताए ।