शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सहकर्मीले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा बीभत्स हत्या

दैनिक नेपाल २०७७ जेठ १४ गते ६:२८

CHILD ABUSE STOCK

काठमाडाैं, १४ जेठ । सहकर्मीले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा कैलालीको गौरीगंगा नगरपालिका–११ की २१ वर्षीया माया विकको सामूहिक बलात्कार र बीभत्स हत्या भयो ।

स्थानीय नगरपालिकाका लागि स्थानीयको तथ्यांक संकलन गर्ने जागिर पाएकी माया १२ असार, ०७५ मा बिहान घरबाट निस्किएकी थिइन् । तर, उनी फर्किनन् । उनको शव १५ असारमा चपथली सामुदायिक वनमा भेटियो ।

माया आफूसँगै काम गर्ने युवासँग घर फर्कँदै थिइन् । जंगलमा आएपछि उनलाई यौन प्रस्ताव राखेको र नमानेपछि पाँचजना मिलेर बलात्कार र हत्या गरेको पुष्टि भएको छ । घटनामा दोषी ठहर भएका चारजनालाई कैलाली जिल्ला अदालतले माघ ०७६ मा जन्मकैदको फैसला सुनाएको छ ।

जघन्य अपराधका मुद्दामा पनि न्याय पाउन आफूले धेरै दुःख पाएको बुबा हर्कबहादुर विक बताउँछन् । बलात्कार र हत्यामा संलग्न भुवन खाती र सुरज चौधरीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा जन्मकैद भएको छ ।

त्यस्तै, प्रतिवादी गणेश बडुवाल र मनोज बोगटीले कर्तव्य ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम कारबाही भोगिरहेका छन् । अर्का प्रतिवादी टपेन्द्र बोगटी पनि पाँच वर्षको कैद सजाय काटिरहेका छन् ।

छिटो टुंग्याउनुपर्ने जघन्य अपराधका मुद्दामा एक वर्ष ढिला गरेर भए पनि न्याय पाएको बुबा हर्कबहादुर विक बताउँछन् । प्रतिवादीमध्ये भुवन खाती र सुरज चौधरीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा जन्मकैद काटिरहेका छन् ।

त्यस्तै, प्रतिवादी गणेश बडुवाल र मनोज बोगटीले कर्तव्य ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम कारबाही भोगिरहेका छन् । अर्का प्रतिवादी टपेन्द्र बोगटी पनि ५ वर्षको कैद सजाय काटिरहेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित