शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेपालमा कोरोना भाइरस: ९० जना नयाँ थपिए

दैनिक नेपाल २०७७ जेठ १३ गते १६:५०

काठमाडौं, १३ जेठ। नेपालमा थप ९० जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार, मंगलबारको परिक्षणमा ९० जनामा संक्रमण देखिएको हो ।

महाेत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । २ बर्षकी बालिकामा पनि कोरोना देखिएको छ ।

नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित