शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

३ बालबालिकासहित रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिक नेपाल २०७७ जेठ १३ गते १४:२०

काठमाडौं, १३ जेठ । प्रदेश २ अन्तर्गत रौतहट जिल्लामा तीन जना बालबालिकासहित थप २२ जनामा कोरोना पुष्टि भएको छ ।

भारतबाट नेपाल फर्किएर क्वारेन्टाइनमा बसेका उनीहरूमा कोरोना संक्रमण भएको मंगलबार पुष्टि भयो ।

गौर, देवाही गोनाही र राजदेवी नगरपालिका घर भएका व्यक्तिहरूमा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

सोमबार मात्र रौतहटमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित