शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

जातीय विभेदको हिंसा : छानबिनका लागि ५ सदस्यी समिति गठन

दैनिक नेपाल २०७७ जेठ १३ गते १४:०५

काठमाडौं, १३ जेठ । रुकुममा भएको जातीय विभेदको हिंसाको अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव सदस्य रहेको समिति गठन गरेको जानकारी दिए ।

उक्त घटनामा ३ जनाको ज्यान गएको छ र ३ जना बेपत्ता छन् । १० जेठमा रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विकसहित तीनको ज्यान गएको छ भने तीन जना वेपत्ता छन् ।

भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको थियो भने उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ । जजरकोटका लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक वेपत्ता छन् ।

यस प्रकरणमा वडाध्यक्षसहित १२ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको बताइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित