शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भारतबाट फर्किएका दाजुभाईसहित सिरहामा थपिए ५ कोरोना संक्रमित

दैनिक नेपाल २०७७ जेठ १३ गते १३:४३

काठमाडौं, १३ जेठ । सिरहमा थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भगवानपुर गाउँपालिका–४ का ३६, २६, २९, ३७  वर्षीय पुरुष र नवराजपुर गाउँपालिका–१ का १८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंस्थित प्रयोगशालामा भएको परीक्षणमा संक्रमण पुष्टि भएको २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि पुष्टि गरेको छ ।

संक्रमण पुष्टि भएका उनीहरुलाई धनगढीस्थित महेन्द्र गेनाई कोरोना अस्पतालमा राखिएको छ । योसँगै जिल्लामा कोरोनाबाट संक्रमितको संख्या ६ पुगेको छ ।

२ जेठमा भारतबाट आएका उनीहरूलाई क्वारेन्टाइनमा राखी ५ गते स्वाब परिक्षणका लागि काठमाडौं ल्याइएको थियो । भगवानपुर गाउँपालिका–४ बिसौलका संक्रमितमध्ये दुई जना दाजुभाइ हुन् ।

प्रतिक्रिया
सम्बन्धित