बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

प्रधानमन्त्री ओलीद्वारा आज सर्वदलीय बैठक आह्वान

दैनिक नेपाल २०७७ जेठ १३ गते १३:१६

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँगको बैठक आज साँझ बालुवाटारमा डाकेका छन् ।

५ बजेका लागि डाकिएको बैठकमा नेपालको नयाँ नक्शा जारी, त्यसका लागि संविधान संशोधन तथा कोभिड १९ विरुद्ध लड्नका लागि सामुहिक प्रतिबद्धताका निम्ति बैठक डाकेका हुन् ।

खासगरी नयाँ नक्शा जारी गरेपछि भारतको पनि अर्कोथरी दाबी देखिइरहेका कारण सबै दलको एक मत बनाउनका निम्ति प्रधानमन्त्रीले यो बैठक डाकेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित