शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

गुल्मीका जनप्रतिनिधिमा भेटियो कोरोना संक्रमण

दैनिक नेपाल २०७७ जेठ १३ गते १२:३३

काठमाडौं, १३ जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोमबार पुष्टि भएका दुई जनामध्ये एक जना जनप्रतिनिधि रहेको खुलेको छ ।

अहिले उनी घरमै आइसोलेशनमा रहेको र कुन ठाउँमा उपचार गर्ने भन्ने सम्बन्धमा छलफल चलिरहेको बताइएको छ । ति जनप्रतिनिधिको सम्पर्कमा पुगेका व्यक्तिको खोजी कार्य पनि भइरहेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा गुल्मीको धुर्कोटमा दुई जनामा कोरोना देखिएको थियो । त्यसमध्ये एक जना भने क्वारेन्टाइनका हुन् ।

प्रतिक्रिया
सम्बन्धित