७ मंसिर २०८३, सोमबार

सुरक्षाकर्मीका लागि बारा इपिसेन्टर : नेपाली सेनाका दुई सैनिसहित ५ जनामा कोरोना पुष्टि

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १३ जेठ । सुरक्षाकर्मीका लागि बारा जिल्ला कोरोना इपिसेन्टर बन्न थालेको छ । जिल्ला प्रहरी कार्यालय बाराका ७ जनामा कोरोना देखिएको थियो ।

मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा दुई जना नेपाली सेनामा कार्यरत सैनिक छन् ।

पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा  कोरोना पुष्टि भएको हो ।

योसँगै नेपाली सेनामा कार्यरतमा पनि कोरोना देखिएको हो । २ नम्बर प्रदेशमा सुरक्षाका लागि सरकारले सेना पनि खटाएको छ ।