मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

सुर्खेतमा १२ जनामा कोरोना भाइरसको संक्रमण

दैनिक नेपाल २०७७ जेठ १३ गते १०:०३

सुर्खेत, १३ जेठ । कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

मंगलबार बिहान जारी भएको विज्ञप्तिमा थप सातजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

थपिएका सबै संक्रमित सुर्खेतका बासिन्दा हुन् । वीरेन्द्र नगरपालिका, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिका १२ जनामा संक्रमण देखिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका ८ तथा भेरीगंगा र सिम्ताका दुई–दुईजना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका कोरोना सम्पर्क व्यक्ति डा. लक्ष्मी नारायण तिवारीले बताए ।

उनका अनुसार बबई र सुब्बा कुनानाका तथा खुल्ला मञ्चस्थित क्वारेन्टिनबाट संकलन गरिएका नमूना मध्ये १२ जनाको पोजेटिभ आएको हो ।

योसँगै सुर्खेतमा कुल संक्रमितको संख्या १५ पुगेको छ । यसअघि दैलेखका ८ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित