७ मंसिर २०८३, सोमबार

उदयपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १३ जेठ । उदयपुर जिल्लाकाे रौतामाई गाउँपालिकमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ८ झिरुडाँडाका ५२ वर्षीय विष्णु तामाङले ४३ वर्षीया श्रीमती नेप्टिमाया भन्ने दिलमाया तामाङको हत्या गरेका हुन् ।

उनले मादक पदार्थ सेवन गरी सोमबार बिहानै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । श्रीमतीको हत्या गरे लगत्तै विष्णु पक्राउ परेका छन् ।