शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सिजनका बाँकी खेल नगरी लिग पूरा गर्ने निर्णय पुनर्विचार गर्न आग्रह

दैनिक नेपाल २०७७ जेठ १३ गते ९:२९

लण्डन, १३ जेठ । फ्रेन्च लिग वान फुटबल क्लब लियोनका अध्यक्षले कोरोना भाइरसको महामारीका कारण यो सिजनका बाँकी खेल पूरा नगरी लिग पूरा गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

महामारीका कारण रोकिएका खेलहरु पुनः गर्ने सक्ने अवस्था नरहेको फ्रान्स सरकारले बताएपछि लिग वान र लिग टू का बाँकी खेलहरु पूरा नगरी अप्रिल २८ मा सिजन टुंगिएको घोषणा भएको थियो ।

तर लियोनका अध्यक्ष जोन–मिशेल उलासले प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई पत्र लेखेर निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । लिगका खेलहरु पूरा नहुँदा फ्रान्सेली फुटबलले ठूलो आर्थिक तथा सामाजिक संकटको सामना गर्नु पर्ने पत्रमा उल्लेख छ ।

सिजन अन्त्यको घोषणा हुँदा लियोन सातौँ स्थानमा थियो, सोही कारण उ युरोपियन क्वालिफिकेशनमा पर्न सकेन ।

युरोपका शीर्ष पाँच लिग मध्ये लिग वान मात्रै त्यस्तो लिग हो, जसले यो सिजनका खेल पूरा नगरी अन्त्यको घोषणा गरेको छ ।

इटालियन सिरी ए, स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग सुरु हुने तयारीमा छन् । जर्मन बुण्डेस लिगा भने सुरु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित