शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ज्योतिषका दुख : अर्काको हात हेर्दा हेर्दै लाग्यो कोरोना भाइरस

दैनिक नेपाल २०७७ जेठ १२ गते १२:०८

काठमाडौं, १२ जेठ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि बढ्दो छ ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकारलगायतलाई पनि संक्रमण भएको यो भाइरस विभिन्न पेशा र व्यावसयामा संलग्नलाई नै लागिरहेको छ ।

धेरै भन्दा धेरै मान्छेसँग संम्पर्क हुनेलाई चाँडो संक्रमण देखिने कोरोना भाइरस काठमाडौं टोखा नगरपालिका–३ धनेश्वरका एक जना ज्योतिषमा पनि पुष्टि भएको छ ।

‘अरुको हात हेरेर भाग्य र भविष्य अनि रोग व्यवाधानको विषयमा हेर्ने मानिसलाई नै कोरोना कत्तिबेला संक्रमण भएछ, टुंगो नै भएन’, स्थानीय भन्छन् ।

उनलाई संक्रमण कसरी भयो भन्ने विषयमा मात्र होइन, उनले कति जनासँग सम्पर्क गरे त्यसबीचमा भन्ने पनि ‘ट्रेसिङ’ गर्न थालिएको छ । हाल उनलाई आइसोलेशनमा राखेर उपचार गराउन थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित