शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपालमा कोरोना भाइरस संक्रमणबाट चौथो व्यक्तिको मृत्यु

दैनिक नेपाल २०७७ जेठ १२ गते ११:५३

सांकेतिक तस्वीर

काठमाडौं, १२ जेठ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएका बारा कलैयाका एक बृद्धको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरस (कोभिड–१९)ले नेपालमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । उनको स्वाब काठमाडौंमा परिक्षण गरिएको थियो ।

ती मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन् ।

यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित