बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

काठमाडौंको टोखा र बुढानिलकण्ठमा नै भेटिए कोरोना संक्रमित

दैनिक नेपाल २०७७ जेठ १२ गते ११:३३

काठमाडौं, १२ जेठ । काठमाडौंको टोखा र बुढानिलकण्ठ नगरपालिकामा नै सोमबार तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

टोखा वडा नम्बर ३ धनेश्वरका एक जना र वडा नम्बर ६, ग्राण्डी अस्पताल अगाडिका किराना संचालक पुरुषमा कोरोना भेटिएको हो । अर्का बुढानिलकण्ठ–३ का ३७ बर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित