डडेल्धुरा, १२ जेठ । डडेल्धुरा जिल्लाभरि निर्माण गरिएका ७७ वटा क्वारेन्टाइनहरूको ३ हजार ८ सय क्षमता रहेको छ ।
कोरोना संक्रमण फैलिन नदिन र उद्धार गरि ल्याएका नागरिकहरूलाई सुरक्षित रुपमा राख्नका लागि डडेल्धुराका ७ वटै स्थानीयतहरूले निर्माण गरेका जम्मा ७७ वटा क्वारेन्टाइनहरूमध्ये ४० क्वारेन्टाइन स्थलहरूमा ६ बालबालिका, ३६ महिला र ८२७ पुरुष क्वारेन्टिनमा रहेका छन् ।
परशुराम नगरपालिकामा ५ वटा क्वारेन्टिन स्थलहरू रहेको सबै प्रयोगमा रहेका र बाँकी क्वारेन्टिन निर्माणका लागि प्रत्येक वडाहरूलाई निर्देशन गरिएको परशुराम नगरपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत धामीले बताए । परशुराममा ३ बालबालिका,८ महिला र १०२ पुरुष क्वारेन्टिनमा रहेका छन् ।
नवदुर्गा गाउँपालिकाले विदेशबाट उद्धार गरिएका व्यक्तिहरूलाई क्वारेन्टिन राख्नका लागि सम्बन्धित वडामा रहेको नजिकको विद्यालय प्रयोग गर्न वडा अध्यक्षहरूलाई जिम्मा दिएको र खाना र सुत्न प्रयोग हुने लुगा क्वारेटिन बस्ने व्यक्तिको घरबाट उपलब्ध गराउने गरि उद्धार गरिएका व्यक्तिहरूको व्यवस्थापन गरिएको र हाल ११ वटा विद्यालयमा क्वारेटिन निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र भट्टले बताए ।
उनले भने २ वटा बालबालिका, ९ वटा महिला र १७५ पुरुष नवदुर्गा गाउपालिकाले क्वारेन्टाइनमा राखेको छ ।
अमरगढी नगरपालिकाले पनि नगरभित्र रहेका सवै सरकारी विद्यालय र क्याम्पसहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । जसअनुसार ७ वटा क्वारेन्टाइनमध्ये हाल डडेल्धुरा बहुमुखी क्याम्पस र महेन्द्र नमूना माध्यामिक विद्यालयमा १सय १७ जना राखिएको स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताए ।
आलिताल गाउँपालिकाले ४ वटा क्वारेन्टिन स्थलहरूमा १ बालक, २ महिला र १३ जना पुरुष गरि १६ जना क्वारेन्टिनमा राखेको छ ।
क्वारेन्टाइन निर्माणका लागि ३० वटा चाईनिज टेण्ट किनेर गाउँपालिका राखेको सूचना प्रविधि अधिकारी नवराज ओझाले बताए ।
अजयमेरु गाउँपालिकामा २१ वटा क्वारेन्टाईन स्थल रहेको र हाल ११ वटा क्वारेन्टाईन स्थलहरूमा १० महिला र १ सय ९४ पुरुष गरि २०४जना, भागेश्वर गाउँपालिकामा जम्मा ५ वटा रहेका र जसमध्ये ३ वटामा ४ महिला र १ सय ५९ पुरुष गरि १ सय ६३ जना क्वारेन्टिनमा राखेको छ ।
गन्यापधुरा गाउँपालिकामा २४ वटा क्वारेन्टाईन स्थलहरू रहेको र जसमा ४ वटा क्वारेन्टाईन स्थलमा ३ महिला र ६७ जना पुरुष गरि ७० जना क्वारेन्टिन गरेको छ ।












प्रतिक्रिया