
पर्सा, १२ जेठ । पर्सा जिल्लाकाे वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जना निको भएका छन् ।
उपचारछि निकाे भएका २ महिने शिशु र १० जना बालबालिकासहित १८ जनालाई अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .मदन उपाध्यायले जनाकारी दिए ।
वीरगन्ज-३, छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई घर पठाएको उनले बताए ।
उनका अनुसार डिस्चार्ज हुनेमा एकै परिवारका २ महिने शिशु, ३ देखि १३ वर्षसम्मका ३ बालिका, ३ देखि १५ वर्षसम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्षसम्मका ४ पुरुष रहेका छन् ।
यो परिवारका ३७ वर्षीय पुरुषलाई गएको वैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यसै दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।
उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा वैशाख २४ गते परिवारका अरु १७ जना सदस्यमा पनि सङ्क्रमण देखिएपछि १७ जनालाई पनि वैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । नेपालमा डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ ।















प्रतिक्रिया