३ कार्तिक २०८३, मंगलबार

जर्मन बुण्डेस लिगा फुटबलमा लेइप्जिगकाे जित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १२ जेठ । कोरोना भाइरसको महामारीपछि पुनः शुरू भएको एक मात्र प्रमुख लिग जर्मन बुण्डेस लिगा फुटबलका खेलहरू बन्द रंगशालामा नियमित रुपमा भइरहेका छन् ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा आरबी लेइप्जिगले मेन्जलाई ५–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा मेन्जले पहिलो हाफमा तीन गोल खाएको हो । उसले दोस्रो हाफमा थप दुई गोल खायो ।

आरबीका तिमो वेर्नरले ह्याट्रिक गरे । उनले ११, ४८ र ७५ औँ मिनेटमा गोल गरेका हुन् । युसुफ पोल्सनले २३ तथा मार्सेल साबित्जरले ३६ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि तेस्रो स्थानमा उक्लिएको आरबीको २७ खेलबाट ५४ अंक भएको छ ।

आइतबार राति नै भएको खेलमा अगस्बर्गले शाल्केलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा कोल्न र डुसेलडोर्फले २–२ को बराबरी खेलेका छन् ।