शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एलाइन्सले चीन र भारतमा अध्ययन गरेका शिक्षकबाट नयाँ ढंगले तालिम र मर्मत सिकाउने (भिडियाे)

दैनिक नेपाल २०७७ जेठ १२ गते ७:२८

काठमाडाैं, १२ जेठ । एलाइन्सले विगत १० वर्षदेखि ल्यापटप, माेबाइल प्रन्टर, टिभी लगायतका इलेक्ट्राेनिक्स डिभाइसहरूको चिप लेभलको तालिम तथा मर्मत गर्दै आएको छ ।

एलाइन्सले तालिम मात्र दिएको छैन धेरै युवाहरूलाई आत्म निर्भर सन्चालक एवम् प्रबन्ध निर्देशन दीपक पाेखरेलले बताएका छन् ।

एलाइन्समा तालिम गरेका धेरै युवाहरूले आफ्नै व्यवसाय, तामिक, कलेज समेत सञ्चालन गरेकाे पाेखरेलले बताए । यही तालिमबाट आज पनि उनीहरू बजारमा राम्रो व्यवसायिका रुपमा परिचित छन् ।

विदेशीन लागेका युवाहरूलाई पनि एलाइन्सले स्वदेशमा नै इनकमका बाटाेहरू देखाइ आफ्नै देशमा राम्रो कमाइ गर्ने अवसर दिदै आएको जनाइएकाे छ ।

यसरी युवाहरूलाई रोजगारी ग्यारेन्टीसहित तालिम दिँदै आएको एलाइन्स तालिम केन्द्रले पछिल्लो समय झन् सक्रीयता देखाएको छ ।

सामाजिक सञ्जालमा सक्रिय नभएपनि आन्तरिक रुपमा विभिन्न तयारी गरिरहेको एलाइन्सका प्रबन्ध निर्देशन पोखरेलले बताए । उनले भने, ‘हामी निस्क्रिय भएका होइनौ हामी नयाँ प्रविधिसहित नयाँ ढंगबाट आउने तयारीमा छौ ।’

योबीचको समयमा एलाइन्सले नेपालमा नयाँ प्रविधि साथै नयाँ ढंकबाट तालिम गराउने तयारीमा रहेको प्रबन्ध निर्देशक पोखरेलले बताए ।

पोखरेलका अनुसार चीन, भारत लगायतका देशहरूमा गइ त्यहाँका कम्पनी र त्यहाँका उत्कृष्ट तालिम कलेजहरूको भिजिट गर्नुका साथै त्यहा दिइने तालिम प्राप्त गरी ती कलेज र ती कम्पनीसंग सहकार्य गर्दै अब केही नयाँ तालिमका कोर्ष र पुरानो कोर्षलाई पनि परिमार्जित गरेर चलाउने तयारीमा रहेको छ ।

एलाइन्समा विशेष गरी वीण्डाेज् ल्यापटप, डस्कटप, एमएसी, एण्ड्राेइड माेबाइल हार्डवेर, सफ्टवेर, इएमएमसी आइफाेन, आइफाेन डाटा रिकभरी, टिभी, प्रिन्टर, सीसीटीभी क्यामरा जस्ता कोर्षहरू सिकाइन्छ ।

यी कोर्ष गर्न पनि धेरै युवाहरू भारत तथा चीन जाने गरेको अवस्थामा अब एलाइन्सले ल्याएको नयाँ प्रविधि र नया योजनाले गर्दा तालिम गर्न कै लागि युवा विदेसीनु नपर्ने पोखरेलले बताए ।

मुलुक यतिबेला लकडाउनमा भएका कारण कोरोना संक्रमण साम्य हुनसाथै अफलाइन कक्षा सुरु गर्ने तर, अनलाइन कक्षा सुरु भइसकेको बताए । अनलाइन कक्षा विश्वको कुनै पनि कुनाबाट गर्न सकिने, अनलाइन कक्षा गर्दापनि लाइभ कक्षामा जसरी हुन्छ त्यसरी नै फुल प्राक्टिकल देखाएर कक्षा गरिने र अनलाइन कक्षा पनि अरुले गर्ने भन्दा फरक शैलीमा गराइने पोखरेलले बताए ।

एलाइन्स यस्तो संस्था हो जसले बर्षोदेखि चीप लेवलको तालिम तथा मर्मतमा धेरै इलेक्ट्रोनिक्स प्रयोगकर्ताहरुलाई सेवा दिदै आएको र युवाहरुलाई सफल बनाउदै आएको संस्था हो ।

यो संस्था ISO 2009 र 2015 द्धारा सर्टिफाइट एवं सीटीइभीटीद्धारा सम्बन्धन प्राप्त साथै विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूसंग सहकार्य गरिएको एकमात्र तालिम केन्द्र एलाइन्स हो । जहा अन्तराष्ट्रिय लेभलको ल्याब, इक्वीपमेन्ट साथै चाइना, भारत र अन्तर्राष्ट्रिय लेवलका कम्पनी, ट्रेनिङ कलेज, संस्थासंग सहकार्य गरेको संस्था हो ।

विदेशमा रहनेहरूको लागि पनि एलाइन्समा विशेष तालिम एलाइन्सले स्वदेशमा मात्र नभएर विदेशमा रहेका युवालाई समेटने प्रयास गरेको पाेखरेलले जनाएका छन् ।

विभिन्न कामको शिलशिलामा विदेश पुगेका युवाहरुलाई नेपालमा आएर केही गछु भन्ने सोच भएका तर एलाइन्समा तालिम गर्न चाहने युवाहरुले विदेशबाट नै अनलाइन ज्वइन गरेर नेपाल आइ केही समय फुल टाइम पार्टिसियल गरी आफनै व्यवसाय खोल्न सकिने समेत एलाइन्समा व्यवस्था रहेका एलाइन्सका प्रबन्धक पोखरेल बताउँछन् ।भ्यालीबाट बाहिरबाट आउने विद्यार्थीको लागि होस्टेलको पनि सुविधा रहेको पोखरेलले बताए ।

इलेक्ट्राेनिक्स डिभाइसहरूको चिप लेवलको तालिम तथा मर्मत गर्दै आए्को एलाइन्सले चीन तथा भारतीय कम्पनी तथा कलेजहरूसंगको सहकार्यमा नेपालमा नै पहिलो पटक स्तरीय एडभान्स लेवलका तालिमहरू सञ्चालन गर्ने भएको छ ।

एलाइन्समा विशेष गरेर आफाेन हार्डवेर, आफाेन डाटा रिकभरी, सामसग हार्डवेर एड्भान्स, म्याक एड्भान्स काेर्स, वीण्डाे, एल्यापटप यी काेर्सहरू चाइनिज शिक्षक वा नेपाली शिक्षक दुबै शिक्षकबाट सिक्न पाउने व्यवस्था रहेकाे पाेखरेलले बताए ।

एलाइन्सले टेनिंङलाई मात्र परिमार्जित नगरी विद्यार्थीलाई चाहिने या टेक्नीसियलाई चाहिने इक्युमेन्ट, मदरबोर्ड, आइसीहरु जस्तै इक्युवमेन्टमा आसिए मेसिन विजिए मेसिन माइक्रोस्कोप, सिआरओ ल्याप्टप मोवाइलमा चाहिने आइसीहरू लगायत एउटा इलाक्टोनिक्स विजनेश ओपन गर्नको लागि चाहिने हरेक पार्टसहरू यही फिल्डमा कार्यरत तीन चार जना टेक्निसियनको समूह मिली आफै इन्पोट गर्ने गरेको जनाइएकाे छ । पाेखरेलले आफूलाइ सिधै ०१-४१६८२११ वा ९८५११७४४०६  मा फाेन गरेर परामर्श लिन सक्ने जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित