शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौंसहित १० जिल्लामा थपिए १९ नयाँ संक्रमित, संक्रमित संख्या ६ सय ३ पुग्यो

दैनिक नेपाल २०७७ जेठ ११ गते १६:२९

काठमाडौँ, ११ जेठ । आइतबार काठमाडौंसहित १० जिल्लामा १९ जना नयाँ कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौँका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।

थपिएकामध्ये काठमाडाैँकाे संक्रमित साेह्रखुट्टे निवासी हुन् भने नुवाकाेटकाे ककनीका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित