बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

आमाको चाहना त्यहि थियो, उहाँ हाँसिरहनुभएको छ

छेवाङ शेर्पा लामा  २०७७ जेठ ११ गते १२:४०

-छेवाङ शेर्पा लामा 

हरेक चिजको सापेक्ष अर्थ हुन्छ । संसारमा निरपेक्ष अर्थ एउटै मात्र हुन्छ– आमा । यो नामको ओज सबै शक्तिका सामु साधारण हो । अझ प्रेमका सम्बन्धमा त अलौकिक व्याख्या हुन्छ ।

आमा बिना म हुन्न । मेरी आमा यो भौतिक दुनियाँबाट मदेखि टाढिनुभएको तीन बर्ष पुग्यो । शेर्पा समाजमा आफ्नाहरूको निधनपछि विभिन्न वौद्ध धार्मिक कर्मकाण्डी संस्कारिक पुजाहरू गर्दछन् ।

हाम्री आमाका लागि पनि दाजुको परिवारले पहिलो बर्ष, दिदीको परिवारले दोस्रो बर्ष उहाँहरूको आफ्नो रहर र आस्थाअनुसार बौद्ध धार्मिक शेर्पा सामाजिक संस्कारअनुसार कर्मकाण्डी पुजा गर्नुभयो ।

पारिवारिक सल्लाह (दाजुको राय निर्देशन)अनुसार आमाका लागि पुजा गर्ने यो बर्ष मेरो परिवारको पालो हो । भोट हिमाली बौद्ध धर्म आस्थिक शेर्पाहरूले आफ्नाहरूको निधनपछि ३ देखि १० बर्षसम्म गरिने यो संस्कारिक पुजालाई ‘गोंग्जो’ या ‘ल्होक्ष्यो’ भनिन्छ । बुझी या नबुझी आजकाल शेर्पाहरूले आफ्ना निधन भएकाहरूको नाममा गरिने यो बार्षिक पुजालाई गोंग्जो भनिने गरेको भेटिन्छ ।

वास्तवमा, यो गलत शाव्दिक प्रयोग हो । गोंग्जो भनेको परिनिर्वाना भनेको हो । यसर्थ, संस्कारअनुसार गाेंग्जो भनेको महान महात्मा गुरुहरूलाई मात्र गरिने बार्षिक श्रद्धाञ्जली हो ।

राजदेखि सर्वसधारण सबै निधन भएकाहरूको बार्षिक सम्झनामा गरिने यो पुजालाई सशी शब्दमा ल्होक्ष्यो भनिन्छ । यसको अर्थ बार्षिक पुजा हुन्छ ।

मेरी आमाको ल्होक्ष्यो अर्थात् बार्षिक सम्झनामा पुजा गर्न हामी सपरिवार यहि मे महिनामा नेपाल जाने योजना थियो । शेर्पाहरूको मृत्यु संस्कारिक पुजा प्रायः नेपालमा नै गर्न चलन छ ।

सायद, यस्तो चलन हुनुमा सिद्धार्थ गौतम बुद्ध हालको नेपालमा जन्मेका हुनाले यस्तो पुजा नेपालमा गर्दा बौद्ध धर्मवालम्बीहरूमा बढी मानसिक सुख शान्ति मिल्छ होला ।

यद्यपि, विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारणले आमाको ३ बर्षे पुजा गर्न नेपाल जाने हाम्रो कार्यक्रम रोकियो ।

अब के गर्ने ?

बुवालाई सोधें । उहाँले भन्नुभयो– आस्था र भक्ति राखेर स्वच्छ मनले गर्दा पुजा जहाँ गरे पनि कुरो उही हो ।

यहि क्रममा निधन भएकाहरूको लागि शेर्पाहरूले गरिने यो संस्कारिक पुजाका विषयमा अझ बढी जान्ने प्रयत्न गरें । ठूला बौद्ध रिम्पुच्छेहरू, धर्मविदहरू, शास्त्रीहरूसँग धेरै प्रश्न, तर्क र बहस गर्दै व्याख्याहरू सुनें ।

हुनसक्छ, बौद्ध धर्मका संस्कारहरू सम्बन्धि विषयमा म आफैं धेरै जानकार थिएँ, सम्पर्क रहेका गुरुजनहरूको यस विषयका तर्क र व्याख्यामा आफैं अझ अलपत्र परें ।

हुनसक्छ, मेरा जिज्ञासा रीत बाहिर रहेकाले जति बढी जान्न चाहें, गुरुजनहरूको राय थियो– यसबारे स्पष्ट हुन, बुझ्न तिमी आफैंले धेरै गहिरो अध्ययन र अभ्यास गर्नुपर्छ– कुरो त्यहिँ खत्तम !

साधारणतय शेर्पाहरूले यो ल्होक्ष्यो अर्थात् निधन भएकाहरूको सम्झलनामा गरिने यो बार्षिक पुजामा जति सके धेरै आफ

गुम्बाभित्र लामा– आनी (पुरुष र महिला भिक्षु)हरू पढाउँछन् । प्रसादहरू– दियो बत्ती बाल्छन् । परिकार, खाना र चिया खुवाउँछन् । भिक्षुहरूलाई खदकभित्र खाममा पैसा राखेर चढाउँछन् । समय र ठाउँअनुसार सदियौंदेखिको यो संस्कारमा परिवर्तन आएको भेटिन्छ ।

बिडम्बना, अहिले शेर्पाहरूको यो ल्होक्ष्यो सामाजिक देवाटी स्पर्धाको संस्कार भएको भेटिन्छ ।

कसले कति खर्च गर्यो ? कसले कती भोजन खुवायो ? कसले कति गुम्बाहरूमा कति संख्यामा लामा (भिक्षु) बोलायो ? कसले कति रकम भिक्षुलाई दान दियो ? कसको पुजामा को ठूलो मान्छे आयो या आएन ? अनि, कसको पुजाको दिन मौसम कस्तो भयो ? इन्द्रेणी लाग्यो लागेन ? यस्तै, यस्तै कुरामा प्रतिस्पर्धाको संस्कार बसेको छ ।

प्रसादको पोको ठूलो बनाउन पनि स्पर्धा रहेको भेटिन्छ । अनुसन्धानअनुसार शेर्पाहरूले काठमाडौंमा गरिने यस्तो पुजाहरूमा मात्र प्रसाद ठूलो बनाउने होडबाजीमा विनो चौधरीको कम्पनीले बार्षिक १८ करोड मुनाफा गर्दो रहेछ ।

भगवान आस्थिक अर्थपूर्ण संस्कारअनुसार शेर्पाहरूको यो ल्होक्ष्यो पुजामा उपस्थित आफन्तहरू र चिनजानहरू त्यो दिन गुम्बाभिब बसेर ‘ओम माने’ मन्त्र जप गरिन्छ । सबै पाठपुजाहरू सकेपछि प्रसाद लिएर आफ्नो घर फर्किन्छन् । अहिले शेर्पा समाजमा ल्होक्ष्यो पुजा अर्थहिन भएर सकिन्छ । आमन्त्रिहरू पुजा हुँदै गर्दा पनि गुम्बामा पसेको देखिन्न । ओम माने मन्त्र जीने समय राजनीतिका कुराहरू, बजारमा चलेका हल्ला र जुवातासका कुरा गर्छन् ।

आमाप्रतिको श्रद्धा र समर्पणका लागि हामीले यहि गरेका थियौं । कोरोना महामारीले विश्व लक डाउन गर्न जित्यो । आमाको ल्होक्ष्यो सम्झनाका अवसरमा बुद्ध बचनलाई व्यवहारमा ल्याउने प्रयासमा थोरै मानवीय कार्य गरी हामीले कोरानाको लक डाउनमाथि जत्यौं । हाम्रो यो विजयमा मेरी आमा हाँसीरहनुभएको छ किनकी आमा यहि नै चहानुहुन्थ्यो

यी सबै देख्दा त्यहाँ पजा हैन गुम्बाको आँगनमा बजार लागेको महशुस हुन्छ । प्रसादको इज्जत पनि कम देखियो । एक ठाउँमा आमन्त्रित आगन्तुकलाई बाँडिएको प्रसादको पोको एक जनाले गार्बेजबिनमा फालेको पनि देखियो ।

मेरो मान्यता छ–

मेरो अस्तित्व मेरी आमा हुनुहुन्छ । मेरो विश्वास छ– मेरी आमा साँधै मभित्र जिउँदो हुनुहुन्छ ।

आमाको शरिर मबाट टाढिएको यो अवस्थामा मैले कुनै संस्कारिक कर्मकाण्डी पुजा गरेर मेरो स्व. आमालाई के राम्रो होला, त्यसको ज्ञान छैन मलाई । म ठान्छु–

यो विषयबारे दुनियाँमा कसैलाई कुनै सत्यतथ्य अनुभव छैन । कुनै पनि धर्म या संस्कारमा निधन भएकाको लागि उसको स्मरणमा मान्छेले पुजाहरू गर्दछन् । यो आत्मसन्तुष्टि र सामाजिक मर्यादाको लागि गरिन्छ ।

मलाई मेरी आमाको ल्होक्ष्यो पुजा सामाजिक स्पर्धाको लागि गर्नु छैन । आमाका लागि यो पुजा किन गर्दैछु ? नबुझी गर्नुछैन । यसर्थ, मैले मान्छे मृत्युपछि के हुन्छ भनी बुझ्न चाहें । बुद्धको राय बुझ्न चाहें । यस विषयमा इन्टरनेट र पुस्तकहरूमा घोत्लिएँ । विश्वविख्यात ‘बार्डो तिबेत बुक अफ दी डेड’ पनि पढें । कहानीहरू भेटिए, यथार्थ भेटिएन, बुद्ध बचन भेटिएन ।

बुद्धजीवनविद् किरिबाथगोदा लालालदाथेरोले लेखेको ‘ह्वाट ह्यापेन आफ्टर डेथ’ पुस्तक पाएँ । यो पुस्तकको ४१ औंदेखि ४९ औं पृष्ठमा मेरा ध्यान अडिए । नेपाली भाषामा अनुवाद गरिएको पुस्तकमा सिद्धार्थ गौतम बुद्धले भन्नुभएको उल्लेख थियो,‘मृत्युपछि नयाँ जीन्दगीहरू सुरु हुन्छन् । नयाँ लोकहरूमा जन्महरू लिइन्छ । कसले कस्तो जीन्दगी लिएर कुन लोकमा कति बिताउँछ । त्योचाहिँ तिनले बिगतको जीवनमा गरेका कार्यहरूमा निर्भर रहन्छ । अरु कसैले मृतक असल भन्दा असल लोकमा पुगोस्, राम्रोभन्दा राम्रो जीन्दगी जिउन भनेर पुजा पाठ प्रार्थना गरेर सिफारिस गर्न सकिन्न, मैले पनि सक्तिन ।’

मेरा लागि बुद्ध नै सत्य हो । बुद्धकै वचनलाई सिरोपर गरी मेरी श्रीमती ज्यु र म्ैले मेरी आमाको ल्होक्ष्यो तेस्रा बार्षिक सम्झना पुजा गर्ने निर्णय गर्यौं ।

आमाका लागि धार्मिक विधिवत पुजा गरिदिनका लागि पारिवारिक धार्मिक गुरु महान योगी रिम्पोच्छेलाई अनुरोध गरियो । गुरुजीले अनुरोध स्वीकार गर्नु भयो । नेपालमा बहिनी ज्वाईँले गाउँको गुम्बाहरूमा आमाका लागि क्ष्योमी (दियो) बालेको खबरहरू पाइयो ।

आम तीन बर्ष पहिले ७ मेमा बित्नुभएको थियो । अब्सर शेर्पा समाजमा ल्होक्ष्यो बार्षिक सम्झना पुजा बितेको दिनमा गरिने चलन छ । ७ मेमा आफू काममा जानुभन्दा पहिले आमाको सम्झनामा क्षयमी बाल्न आफ्नै कोलाराडो (अमेरिकाको सहर) घरको देउता कोगामा पसें । त्यहाँ न पहिले नै क्ष्योमी बालिसकेको रहेछ – मेरो जीवन संगिनीले आमाको सम्झनामा ।

३६ बर्षअघि जब मैले बिहेको गर्ने रहर बुवाआमालाई सुनाएको थिएँ, मेरी आमाले खुसी र सुखीको अनुभूतिमा आँसु झार्नुभएको स्मरणमा आयो ।

दिनभरी आमालाई सम्झिएँ । पेसागत काममा सक्रिय भएँ । आमाको मुस्कान सम्झिएँ । आमा भन्नुहुन्थ्यो– मान्छे भनी भनले होइन, दानले हुन्छ । धन कमाउन मात्र होइन दान गर्न पनि त्यत्तिकै मिहेनत गर्नुपर्छ ।’

आमाको यहि प्रेरणाको पृष्ठभूमीमा त्यहि बेला नेपालमा स्काई नेपाल फाउन्डेशनका संस्थापक दाई छेरिङ शेर्पा दाईलाई फोन गरें ।

आमाको सम्झनामा हामीले सँधै बर्ष सोही संस्थामार्फत नेपालका अनाथ, भाग्यले ठगेका, गरिब र दुखीलाई आर्थिक सहयोग गर्दै आएका थियौं । यो बर्ष पनि मेरी आमाको ल्होक्ष्यो बार्षिक सम्झनामा यहि मानवीय कार्यलाई निरन्तरता दिने हामी दम्पत्तीको निर्णय रह्यो । यहि निर्णय संस्थाका संस्थापक दाईलाई पठाएँ ।

उहाँकै सल्लाहअनुसार कोरोना महामारीले बिजोगको अवस्थामा रहेका गाउँका गरिब ज्येष्ठ नागरिकहरूलाई खाना र रकम दान गर्न आवश्यक रकम पठायौं ।

बुद्ध बचन अध्ययनकै क्रममा सत्त पिताबाट मैले बुझेको सिद्धार्थ गौतम बुद्धले भन्नुभएको छ– जुनसुकै अवसरमा पनि दुखी गरिबलाई बेवास्ता नगर्नु । जे सहयोग गर्न सकिन्छ दुख र गरिबी मुक्त गर्ने पैयास गर्नु ।’

आमाप्रतिको श्रद्धा र समर्पणका लागि हामीले यहि गरेका थियौं । कोरोना महामारीले विश्व लक डाउन गर्न जित्यो । आमाको ल्होक्ष्यो सम्झनाका अवसरमा बुद्ध बचनलाई व्यवहारमा ल्याउने प्रयासमा थोरै मानवीय कार्य गरी हामीले कोरानाको लक डाउनमाथि जत्यौं । हाम्रो यो विजयमा मेरी आमा हाँसीरहनुभएको छ किनकी आमा यहि नै चहानुहुन्थ्यो ।

त्यसैले त भनिन्छ– आमा मात्रै त्यस्तो एक जना हो जसले तिम्रो मुटुको पहिलो कुनालाई भरिरहेको हुन्छ । आमाको शिक्षा र इच्छामा जे जति गर्न सकियो, उहाँको मुस्कानसँगै हामी दम्पत्तीको आनन्दको आकारको सीमा नै छैन ।

सगादावा अर्थात सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त, महापरिनिर्वाण भएको त्रिसंयोग बैशाख पूर्णिमाको यो पवित्र अवसरमा जगतको कल्याण गर्ने सद्बुद्धि सबैमा प्राप्त होस् ।

 

प्रतिक्रिया
सम्बन्धित