मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कोरोना संक्रमितको संख्या ५ सय ७ पुग्यो, ७० जनाले जिते कोरोना

दैनिक नेपाल २०७७ जेठ ९ गते १६:३८

काठमाडौँ, ९ जेठ । नेपालमा थप २० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सेती प्रादेशिक कैलालीका २१, २३ र २६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सरस्वती मावि क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै, डडेल्धुराका २८ वर्षीय पुरुष, बैतडीका २२ वर्षीय पुरुष, मोरङका ४१ वर्षीय पुरुष रहेका छन् । बाँकेका १४ जना १८ देखि ६१ वर्षसम्मका पुरुष रहेका छन् ।

बाँकेका १४ जनामध्ये १३ जना नरैनापुरका रहेका छन् । उनीहरुका भेरी अस्पतालमा परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ जना पुगेको छ । त्यस्तै, नेपालका ४० वटा जिल्लामा कोरोना फैलिसकेको छ ।

त्यसैगरी, सुसील कोइराला प्रखर अस्पताल, नेपालगञ्जबाट आज २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जसमा महिला ९ जना पुरुष १२ डिस्चार्ज भएका हुन् ।

उनीहरु १ वर्षदेखि ६० वर्षसम्मका रहेका प्रवक्ता देवकोटाले जनाएका छन् । उनीहरु १७ देखि २० दिनपछि डिस्चार्ज भएका हुन् । यससँगै ७० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित