शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भारतबाट एकै दिन डडेल्धुराका ३ सय बढीको उद्धार, सबै जनालाई स्थानीय तहको क्वारेन्टाइनमा

दैनिक नेपाल २०७७ जेठ ९ गते १५:१०

सांकेतिक तस्वीर

डडेल्धुरा, ९ जेठ । नेपाल भारतको सिमाना गौरीफन्टाबाट उद्धार गरिएका ३ सय बढी व्यक्तिलाई उद्धार गरी डडेल्धुरा पुर्याइएको छ ।

बिहीबार दिनभरी उद्धार गरी केही व्यक्तिलाई सोही राति केही व्यक्तिहरु शुक्रबार गरी ३ सय ३ जना डडेल्धुरा पुर्याएर सम्बन्धित नगरपालिका तथा गाउँपालिकाहरुमा पठाई स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा राखिएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

उनका अनुसार गन्यापधुरा गाउँपालिकाका १६ जना, अमरगढी नगरपालिकाका ३२ जना, परशुराम नगरपालिकाका २६ जना, भागगेश्वर गाउपालिकाका ५५ जना र अजय मेरु गाउँपालिकाका ९४ जना बिहीबार सिमाबाट उद्धार गरि डडेल्धुरा पुर्याएको र डडेल्धुराबाट सम्बन्धित स्थानीय तहमा पठाईएको छ ।

विश्वमहामारीका रुपमा फैलिँदै गएको कोरोना भाईरस (कोभिड १९) का कारण भारतका विभिन्न क्षेत्रमा अलपत्र गरि घर आउन चाहेकाहरुलाई कैलालीको त्रिनगर भन्सार (गौरीफन्टा) नाकाबाट सक्रियतापुर्वक उद्धार गरिएको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट विकासले बताए ।

उनले भने उद्धार गरिए गाउँपालिका पुर्याइएका व्यक्तिहरुलाई ७ दिन अनिवार्य क्वारेन्टाईन बस्नु पर्ने हुन्छ र ७ दिनपछि पिसिआर गरी सो रिर्पोटका आधारमा घर पठाईनेछ ।

अजयमेरु गाउँपालिकाका आज पनि ३५/३६ जना सिमाबाट गाउपालिका आउदै गरेका र उनीहरुका लागी पनि क्वारेन्टाईनको व्यवस्थापनमा रहेको समेत अध्यक्ष भट्टले बताए ।

शुक्रबार पनि नाकाबाट उद्धार गरिएका नागरिकहरु डडेल्धुरा आउदै गरेको र डडेल्धुरा पुग्न केही समय लाग्ने भएकाले कतिको संख्यामा आउदै छन भन्ने एकिन नभएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए । उनले भने उद्धार कार्य जारी नै रहेको र उद्धार गरिएका व्यक्तिहरुलाई सम्बन्धित पालिकाहरुको जिम्मा पठाउने गरेका छाँै ।

उद्धार गरि डडेल्धुरा पुगेका सवै जनाको पिसिआर जाँच गर्ने र जाँचका आधारमा उनीहरुलाई घर पठाईने डडेल्धुराका लागी कोभिड–१९ सम्र्पक व्यक्ति भेक्ट्रोल कन्ट्रोल सुपरभाईजर हरि प्रसाद भट्टले बताए ।

उनले भने १४ दिन अनिवार्य क्वारेन्टाईन हो क्वारेन्टाईन बसेको ७ दिनमा पिसिआर गर्ने र पिसिआरको रिर्पोट आएपछि पनि ७ दिन गरि १४ दिन क्वारेन्टिन राख्नु पर्ने हो तर डडेल्धुरामा धेरैको संख्यामा मानिसहरु भित्रिन थालेको र यहाँ रहेका क्वारेन्टाईनहरुको क्षमताले धान्न नसक्ने भएको हुदा ७ दिनमा पिसिआर गर्ने र नेगेटिभ आएका व्यक्तिलाई पुन होम क्वारेन्टाईन राख्ने गरि व्यवस्था गरेका छौ ।

डडेल्धुराबाट शुक्रबारसम्म ३१८ जनाको स्वाव संकलन गरि पठाएको र ३सय १६ जनाको नेगेटिभ आएको र २ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित