शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अमेरिकामा थप एकजना नेपालीकाे काेराेनाबाट मृत्यु

दैनिक नेपाल २०७७ जेठ ९ गते १०:४३

क्यालिफोर्निया । कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा थप एक जना नेपालीको ज्यान गएको छ ।

अमेरिकाको कनेक्टिकट राज्यमा बस्दै आएका राजसेन ठकुरीको कोरोना भाइरसको सक्रमणका कारण मृत्यु भएको हो ।

स्थायी घर तनहुँ भएका ठकुरीको बुधवार सॉझ मृत्यु भएको मेरिल्याण्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारीले जानकारी दिएका छन् । प्राप्त जानकारी अनुसार ठकुरी नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत भएको बताइएको छ ।

योसँगै कोरोना भाइरसको सक्रमणबाट अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । प्रवासमा रहेका नेपालीहरूमध्ये संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ ।

संक्रमित नेपालीहरूको संख्या २ हजारको हाराहारीमा रहेको बताइएको छ । यसैबीच लामो समय झापास्थित भुटानी शरणार्थी शिविर बेलडॉगीमा बसेर अमेरिका आएकी भुटानी महिला विष्णुमाया सुब्बाको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

केन्टकी राज्यको लुइभेलमा बल्दै आएकी करीव ६० वर्षीया सुब्बाको स्थानीय एक अस्पतालमा उपचारको क्रममा बिहीवार निधन भएको हो ।

यस अघि सोही ठॉउमा बस्दै आएका एक भुटानी शरणार्थी युवाको समेत कोरोना संक्रमणबाट ज्यान गएको थियो । उता अमेरिकी राज्य मेरिल्याण्डमा बाग्लुंगका २५ वर्षिय आशिष के.सीको तलाउमा डुबेर आइतवार ज्यान गएको छ ।

कोरोना भाइरसको संकेरमणबाट हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ९५ हजार नाघेको छ भने संक्रमित संख्या समेत बढेर १६ लाख माथि पुगिसकेको छ ।

अफिसियल तथ्यांक अपडेट गर्दैआइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण हिजो १६ सय मानिसको ज्यान गएको अमेरिकामा स्थानीय समय अनुसार बिहिवार साँझसम्ममा १ हजार २ सय बढको मृत्यु भएको छ ।

कोभिड-१९ को महामारीबाट प्रभावितलाई सरकारले वितरण गरिरहेको १२ सय डलरको राहत रकम अब प्राप्त गर्न बॉकी करीव ४० लाख अमेरिकाबासीलाई डेविट कार्ड मार्फत वितरण गरिने सम्बन्धित सरकारी अधिकारीहरू उल्लेख गरेका छन् । यसैबीच कोरोना महामारीका कारण रोकिएको डिभी लोटरीको नतिजा जुन ६ मा सार्वजनिक हुने भएको छ ।

हाल केही इमिग्रेसन सम्बन्धीका कामकारवाहीहरू भने केही समयका लागि अस्थायी रूपमा सरकारले स्थगित गरेको छ । कोभिड-१९ संगको आन्तरिक लडाइमा कडा संघर्षरत अमेरिकामा भाइरस नियन्त्रणका लागि लामो समय लाग्नसक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित