बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

अफ्ठ्याराे परेपछि डा.भट्टराईले यसरी दिए स्पष्टीकरण

दैनिक नेपाल २०७७ जेठ ९ गते १०:३८

काठमाडौं, ९ जेठ । सामाजिक सञ्जालमा आफूले फरक सन्दर्भमा बोलेका कुरालाई फरक आसयकासाथ आलोचना भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा भएको प्रष्ट पारेका छन् ।

बिहीबार नेपाल उद्योग परिसंघले गरेको वेबिनारमा भट्टराईद्वारा राखिएको विचारलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको थियाे ।

‘मेरो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा हो । साथै यो नेपालका शासकको कुरा मात्र नभएर अमेरिका, रूस, भारत लगायत सबै देशका शासकको सन्दर्भमा हो’, उनले भने, ‘हरारीले भने झैं यतिबेला एउटा देशविरूद्ध अर्को देश लड्ने हैन, सबै मानवजाति एक भएर कोरोनाविरूद्ध लड्ने हो ।’

नेपाल-भारत सीमाविवादको सन्दर्भमा उनले थप स्पष्ट पार्दै भनेका छन्, ‘जहाँसम्म नेपालको सीमाना र नक्साको कुरा छ त्यसमा सबै पार्टी र नेताले ऐक्यवद्धता जनाइसकेका छौं । अब हामीले सार्वजनिक दन्तबझान गर्नु भन्दा आफ्नो ऐतिहासिक तथ्यप्रमाण दह्रो पारेर कुटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ ।’

‘त्यसबाट समाधान नभए अन्तर्राष्ट्रिय मन्च र अदालतमा जाने तयारी गर्नुपर्छ ! यस्ता संवेदनशील राष्ट्रिय प्रश्नमा अनावश्यक विवाद झिकेर कोरोना र आर्थिक संकटबाट ध्यान अन्यत्र मोड्ने शासक गुटको षड्यन्त्र र जालमा कोही पनि पर्नु हुन्न’, डा.भट्टराईले भने ।

प्रतिक्रिया
सम्बन्धित