बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

भारतमा आँधीबाट ७२ जनाको मृत्यु

दैनिक नेपाल २०७७ जेठ ९ गते ८:४८

नयाँदिल्ली, ९ जेठ । भारतको पश्चिम बंगालमा अम्पुन आँधीले ७२ जनाको मृत्यु भएको छ । आँधीको कारण कोलकत्ता एयरपोर्ट जलमग्न भएको छ । आँधीले ५ हजार भन्दा बढी घर भत्काएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अम्पुन आँधीका कारण करोडाैंको क्षति भएको बताएकी छन् ।

आफ्नो जीवनकालमा यस्तो कहालीलाग्दो आँधी कहिल्यै नदेखेको मुख्यमन्त्री बेनरजीको भनाई छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीवट गरेर बंगालमा आँधीबाट जीवन गुमाउनेहरुप्रति श्रदाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

बंगालको खाडीबाट आएको अम्पुन आँधी कोलकत्ता आइपुग्दा बुधबार १ सय ९० किलोमिटर प्रतिघण्टाको वेगमा रहेको भारतीय मौसम विभागले जनाएको छ ।

ऑधीका कारण आसाम, मेघालयमा समेत असर गरेको छ । आँधीले कोलकत्ता विमानस्थलको छत खसेको छ । विमानस्थलमा भरिएकाे पानी निकाल्ने प्रयास भइरहेको पश्चिम बंगाल सरकारले जनाएको छ । आँधीले ओडिसाको ९ जिल्ला प्रभावित भएको छ ।

पश्चिम बंगालको तटीय जिल्ला मिदनापुर, २४ दक्षिण तथा उत्तरी परगनाका साथै हावडा, हुगली, पश्चिमी मिदनापुर तथा कोलकातामा आँधीले क्षति पुर्याएको छ । ऑधीका कारण बंगलादेशमा पनि मानीवय र भौतिक क्षति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित